एलपी पौडेल / सुर्खेत । कर्णाली प्रदेशमा कोरोना टेष्टिङ बुथ स्थापना भएको छ । शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश उक्त बुथ निर्माण गरिएको हो । राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग र काईचों ग्रुप सुर्खेतको प्राविधिक सहयोगमा उक्त कोरना टेष्टिङ बुथ निर्माण भएको हो ।
के हो कोरोना टेस्टिङ बुथ ?
कोरोना टेष्टिङ बुथ डाक्टरहरुको प्रयोगको लागि निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रका सदस्य अनिल विष्टले जानकारी दिए । “डाक्टरहरुले कोरोना संक्रमितहरुलाई औषधि दिदा अन्य जानकारी लिदा संक्रमितसँग धेरै नजिकिनु पर्ने भएकोले कोरोना भाइरसबाट बच्नको लागि यो निर्माण गरिएको हो ।” उनले भने ।
कोरोना टेस्टिङ बुथ कोरोना संक्रमितहरूको उपचार गर्दा डाक्टरले प्रयोग गर्ने साधन हो जसको प्रयोगले भाइरस डाक्टरलाई सर्ने सम्भावना हुँदैन ।
काइचों ग्रुप सुर्खेतका अध्यक्ष अमित विष्टले अब प्रदेश अस्पतालमा कोरोना संक्रमित आएको खण्डमा डाक्टरहरुले कोरना टेष्टिङ बुथ भित्रबाट काम गर्न पाइने बताए । यसो गर्दा डाक्टरहरूमा कोरोना सर्ने सम्भावना नहुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया