कोरोनाको प्रकोप : आजमात्रै विश्वभर ३ हजार बढीको मृत्यु, ह्वात्तै बढे संक्रमित

काठमाडौं । विश्वका लागि ठूलो स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५ हजार ७२२ जनाको ज्यान गएको छ भने ३ लाख ९० हजार ५९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै १७ लाख २७ हजार ५०६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै विश्वभर ५० हजार २७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १९ हजार ६६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १६हजार ३५३ जनाको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा यो समाचार तयार पार्दासम्म १३ हजार १९७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ७३६ पुगेको छ भने चीनमा ३ हजार ३३९ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् ।

त्यस्तै महामारीका कारण बेलायतमा अहिलेसम्म ९ हजार ८७५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ईरानमा यो समाचार तयार पार्दासम्म ४ हजार ३५७ जनाको ज्यान गएको छ भने टर्कीमा १ हजार ६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बेल्जियममा माहामरी भाइरसका कारण ३ हजार ३४६जनाले ज्यान गुमाएका छन् भने स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार १५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २ हजार ६४३ जनाको ज्इान गएको छ भने क्यानडामा ५६९,ब्राजिलमा १ हजार ७५, पोर्चुगलमा ४७० र अष्ट्रियामा ३३७ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ हजार ३८ जनाको ज्यान गएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?