‘भ्यालेन्टाइन डे’ अफर, स्मार्टडोको-डोकोभरी माया अभियान

एसपी यादवकाठमाडौं,  २४ माघ – यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरी माया अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत तीन भाग्यशाली बिजेताले तीन विशेष प्रकारको उपहार एवं विभिन्न ब्राण्डको सामान खरिदमा ५० प्रतिशत सम्मको छुट दिने कम्पनीले घोषणा गरेको छ भ्यालेन्टाइन विशेष उपहारःएक जोडीको लागि होटल र्‍याडिसन, काठमाडौंमा रात्रीभोजएक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्रीभोजएक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा रात्रीभोजस्मार्टडोकोबाट एक हजारसम्म वा सो भन्दाबढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि उपहार खरिद गर्ने ग्राहक लक्की ड्र का लागि योग्य हुने बताइएको छ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक #dokobharimaya को प्रयोग गरी फेसबुक वा इन्स्टाग्राममा अपलोड पनि गर्नु पर्नेछ । डोकोभरी माया अभियान १ फेब्रुअरीदेखि १३ फेब्रुअरीसम्म सञ्चालन हुने छ र तीन भाग्यसाली विजेताको नाम १४ फेब्रुअरीमा घोषणा गर्ने बताइएको छ सो अभियानअन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले सुरुवात गर्दैछ । तत्पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्त गर्न सक्नेछन् । घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरी मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ । ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थलगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् प्रविधिले किनमेलमा सहजःअब साँच्चीनै सपिङ अझ बढि चाखलाग्दो एवम् सजिलो भएको छ । र, यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोडभित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा हो । यसले काठमाडौँ लगायत देशका अन्य शहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?