काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा शनिबारदेखि अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका ।
उनले पदबहाली गर्दै बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् ।
बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
श्रेष्ठ वाणिज्य बैंकको दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया