काठमाडौं । विश्व बैंकद्वारा आइतवार सार्वजनिक गरिएको ‘साउथ एसिया इकोनोमिक फोकस’मा यो वर्ष नेपालको आर्थिक वृद्धिदर कम्तिमा १.५ देखि २.८ प्रतिशतका बीचमा रहने उल्लेख छ ।
विश्व बैंकका अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर अझ बिग्रेर १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकले सन २०२० का लागि गरेको प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)को अनुमानभन्दा निकै कम हो । एडीबीले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने बताएको छ । सन् २०२२ मा भने अर्थतन्त्रमा केही पुनर्बहाली भइ २.७ देखि ३.६ प्रतिशतका बीचमा रहने बैंकले जनाएको छ ।
रेमिट्यान्समा आउने कमी, महामारीका कारण सीमा क्षेत्रमा पुगेको अवरोध, व्यापारमा आउने संकुचन र अन्य आर्थिक गतिविधिमा पार्ने प्रभावका कारण नेपालको अर्थतन्त्र खुम्चने बैंकको भनाइ छ । बैंकले यस महामारीको कारण सेवा र औद्योगिक उत्पादनमा थप गिरावट वा संकुचन ल्याइ थप प्रभाव पार्ने बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया