ताइवानमा शक्तिशाली भूकम्प जाँदा २ जनाको मृत्यु, आवासीय भवनमा क्षति

ताइपे, २४ माघ । ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने अन्य २ सयभन्दा बढी घाइते भएका छन् गएराति ११ बजेर ५० मिनेटको समयमा ताइवानको पूर्वी तटदेखि करिब २० किलोमिटरको दुरीमा ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो भूकम्पबाट ख्वालिएन शहरमा आंशिक रूपमा ढलेका होटल र आवासीय भवनहरूबाट करिब १५० जनाको उद्दार गरेका छन् । भूकम्पबाट ढल्किएका भवनहरू, छरपस्ट भग्नावशेषहरू र सडकहरूमा व्यापक क्षति पुगेको देखिएको छ सो भूकम्पपछि करिब ४० हजार घरमा पानी आपूर्ति बन्द भएको छ भने राजमार्ग तथा पुलहरू बन्द भएका छन् । भूकम्पले १० तले मार्शल होटलको जमिन सतहमुनिको र भुईंतला भार ताम्न नसकेर ढल्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?