भाट भटेनीद्वारा खानेपानी मन्त्री मार्फत सुदूर पश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग

काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उदेश्यले सुदूर पश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ । भाटभटेनीका सन्चालक मीन बहादुर गुरुङले आइतबार सिङदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरे ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेका छन् । सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ ।

कोरोना राहत कोषका लागि भाट भटेनीले उक्त सहयोग गरेको हो । मन्त्री मगरले सुदूर पश्चिम प्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गर्नेछन् । चेक ग्रहण गर्दै मन्त्री मगरले भाट भटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद र आभार प्रकट गरे । विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न उनले सबैलाई आव्हान समेत गरे ।

उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?