‘प्रेम गर्नुबाहेक प्रेमको कुनै अर्को उपचार हुँदैन’ भनेका छन् हेनरी डेभिड थोरोले । प्रेम एक प्रकारको औषधि पनि हो । प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर, सिमाना केहीले पनि छेक्न सक्दैन भ्यालेन्टाइन भन्नेबित्तिकै नवयुवा–युवती जोडीहरूलाई मात्र ध्यान दिने गरिन्छ । तर, वास्तविकता त्यो होइन । वृद्ध–वृद्धा दम्पतीहरू पनि ‘भ्यालेन्टाइन डे’ मनाउन अग्रसर भएका देखिन्छन् । त्यसो त ‘भ्यालेन्टाइन डे’ उत्सव हरेका युवा–युवतीहरूमाझ बढी लोकप्रिय भएको छ । फेबु्रअरी ७ देखि सुरु हुने भ्यालेन्टाइन डे १४ फेबु्रअरी समापन हुन्छ । ‘भ्यालेन्टाइन डे’ सप्ताहमा यी दिनहरूको महत्व र मनाउने तरिकाबारे समान्य जानकारी यस्तो छ :-फेब्रुअरी ७ : रोज डे‘भ्यालेन्टाइन डे’ सप्ताहको पहिलो दिन ‘रोज डे’ हो । प्रेमको प्रतीक हो गुलाफ। गुलाफका विभिन्न रंगले विभिन्न अर्थ दिन्छन् । पहेंलो रंग मित्रता, गुलाबि मन पराएको, रातो प्रेम तथा सेतोलाई शान्तिको प्रतीक मानिन्छ । एउटा मात्र गुलाफको फूलले धन्यवादको अर्थ दिन्छ भने रातो गुलाफको मुठाले ’म तिमिबिना बाँच्न सक्दिन’ भन्ने अर्थ दिने गर्छ फेब्रुअरी ८ : प्रपोज डेफ्रब्रुअरी ८ अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताहको दोस्रो दिनलाई ‘प्रपोज डे’ का रूपमा मनाइन्छ । लामो समयदेखि मनमा उकुसमुकुस भएर गुम्सिरहेको भावनालाई आफ्नी प्रियसीसामु व्यक्त गर्ने दिन हो ‘प्रपोज डे’ । यदि लामो समयदेखि कसैलाई मन पराउनुहुन्छ र उसले पनि तपाईंलाई मन पराएको चाल पाउनुभएको छ भने यो दिन प्रस्ताव राख्न सकिन्छ । प्रस्ताव केटा वा केटी जो कसैले राख्न सक्छन् । यदि चाहेको मान्छेले आफूलाई प्रेम गर्छ भन्ने चाल पाइएको छैन भने अलि शिष्ट ढंगले पहिले माफिका वचन बोल्दै प्रस्ताव राख्न सकिन्छ । यसो गरियो भने उसले शिष्ट शैलीमै अस्वीकृत गर्न सक्छ फेब्रुअरी ९ : चकलेट डे‘भ्यालेन्टाइन डे’ सप्ताहको तेस्रो दिन अर्थात् ९ फेबु्रअरीलाई ‘चकलेट डे’ का रूपमा मनाउने गरिन्छ । यो दिन प्रियसी (गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड वा श्रीमान र श्रीमती)लाई विभिन्न खालका चकलेट तथा कार्डहरू दिएर मनाउन सकिन्छ । यो दिन मात्र होइन अरू बेला डेटिङमा जाँदा पनि मीठो गुलियो चकलेट लिएर जान सकिन्छ । चकलेट उपहार दिँदा विभिन्न स्वादका चकलेट बक्समा प्याक गरेर तल दिइएका शब्द उल्लेख गरेर दिनु रोमान्टिक हुन्छ फेब्रुअरी १० : टेड्डी डे‘भ्यालेन्टाइन डे’को चौथो दिन अर्थात् १० फेब्रुअरीलाई ’टेड्डी डे’ का रूपमा मनाइन्छ । विशेष गरी युवतीहरू भालुका स–साना बच्चा आफ्नो ओछ्यानमा सजाउन मन पराउँछन् । त्यसैले यो दिन विशेषगरी भालुका बच्चाको नरम पुतली उपहार प्रदान गरिन्छ, जसले हरेक पल हरेक रात आपसी सम्झना कायम रहन्छ फेब्रुअरी ११ : प्रोमिस डेमाया पाउन त्यति सहज र सरल कहाँ छ र ? केही सम्झौता, केही आरोप–प्रत्यारोप, केही सहकार्य, केही समझदारीको खाँचो हुन्छ । कसले कति, कस्तो र किन प्रेम गर्यो भन्ने कुरा नबुझी प्रेममा हाम फाल्नु हुँदैन । भ्यालेन्टाइन सप्ताहको यो दिन यस्तै एउटा सम्झौता गर्ने दिन हो ‘प्रोमिस डे’ । पार्टनरसँग आफ्नो सच्चा प्रेम दर्साउने दिन हो यो फेब्रुअरी १२ : हग डेअर्को एउटा महत्वपूर्ण, रोमाञ्चक एवं नौलो जोडीका लागि अविस्मरणीय र कठिन दिन हो । एक–अर्कालाई अँगालोमा बेरेर माया हुर्काउने दिन हो ‘हग डे’ । पहिले नै पटक अँगालोमा कस्सिएको भए दुवै जना पुनः त्यो क्षणको पर्खाइमा हुन्छन् । ‘टक टु मी ह्वेन आई एम बोर्ड, किस मी ह्वेन आई एम स्याड, हग मी ह्वेन आई क्राई’ भन्ने भनाइ पनि छ फेब्रुअरी १३ : किस डेहुन त अचेल अंगालो मार्नु, काखमा बस्नु र किस गर्नु सामान्य बन्दै गएको छ तर पनि नवजोडी र पहिलो पटकका लागि निकै असहज र अविस्मरणीय लाग्ने क्षण हो ‘किस’ र ‘हग’ गर्दाको क्षण हो । यो दिन एक–अर्कालाई दिने उपहार पनि त्यस्तै खालको हुनु राम्रो मानिन्छ फेब्रुअरी १४ : भ्यालेन्टाइन डे‘भ्यालेन्टाइन डे’ सप्ताहको सबैभन्दा महत्वपूर्ण दिन हो ‘भ्यालेन्टाइन डे’ । अरू दिनहरू सामान्य रूपमा मानिए पनि यो दिन विशेष रूपमा मनाइन्छ । नवजोडी र प्रेमलाई हुकाईरहेकाहरू मात्र होइन, वृद्ध दम्पतीहरूले पनि ‘भ्यालेन्टाइन डे’ प्याकेज बनाएका हुन्छन् । प्रियसीसँग घुम्ने, खाने, रमाइलो गर्ने, मनको गाँठो फुकाउने, रोमान्स गर्ने, एक–अर्काको मनको कुरा साट्ने र जीवनको गन्तव्य निर्धारण गर्ने दिन हो यो ‘भ्यालेन्टाइन डे’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया