कोरोनाको कारण नेपाल इतिहासकै कठिन मोडमा : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसको प्रकोपको कारण नेपाल इतिहासकै कठिन मोडमा पुगेको बताएका छन् ।

लोकपथसँगको विशेष अन्तर्वार्तामा डाक्टर भट्टराईले गत पुष महिना देखिन नै यसको जोखिम र नेपालमा पर्नसक्ने असर अनुमान भैसक्दा पनि नेपाल सरकार यसको समाधानतर्फ असफल रहेको बताएका हुन् ।

“सरकार आफैँमा अन्यौलमा घेरिएको छ । प्रधानमन्त्री आफ्नै कमान्डमा अगाडी बढ्न खोज्दै हुनुहुन्छ तर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल गृहमन्त्रि रामबहादुर थापाबिच नै आपसमा तानातान छ र यसैको कारण न त स्वाथ्य सेवाका लागि सरकारले चाल्नुपर्ने कदम सहि दिशामा अगाडी बढेको छ न त राहत वितरणको लागि सरकारसँग ठोस संयन्त्र नै बनेको छ ।”

अहिलेको अवस्थामा थप कुनै राजनैतिक संयन्त्रको आवश्यकता नभएको तर प्रधानमन्त्रिले अब भने आसेपासेको कुरा नसुनेर विज्ञहरुको सल्लाह विशेष कार्यदिशा सहितको कार्यक्रम अघि बढाउनु पर्ने डा बाबुराम भट्टराईले लोकपथलाई बताउनुभएको छ ।

सरकारले न त प्रशासनलाई विश्वासमा लिन सकेको छ न नीजि क्षेत्रलाई यस्तो अवस्थामा स्वाथ्य सेवा र सुविधालाई चेन म्यानेजमेन्ट दुवै फ्रन्टमा साकार हरेक दिन असफल प्रमाणित हुँदै गईरहेको छ, सरकारबाट अब ठूलो आशा गर्न नसक्ने भन्दै महामारी जसरी नेपालमा अन्य देशको तुलनामा हालसम्म कमजोर देखिएको र यसले विकराल रुप नलिओस् भन्ने आश मात्र गर्ने अवस्थामा नेपालीहरु रहेको पुर्व प्रधानमन्त्री भट्टराईको धारणा रहेको छ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लोकपथले गरेको अन्तर्वार्ताको पूर्ण अंश केहि समय पछि लोकपथ डट कम मा प्रकाशित हुनेछ । लोकपथ डटकम लगईन गरिरहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?