काठमाडौं, २४ माघ । तीन ठूला पार्टी निकट विद्यार्थी संगठनले सरकारले तोकेको मापदण्डविपरित मेडिकल शिक्षामा भएको मनपरीतन्त्र र चर्को शुल्क असुली रोकेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन गरेका छन् समितिमा अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष नविना लामा र नेवि संघका अध्यक्ष नैनसिंह महरसहित तीन वटै संगठनबाट ७–७ जना रहनेगरी २१ सदस्यीय समिति गठन भएको हो संविधान कार्यान्वन राजनीतिक क्षेत्रमा मात्रै नभएर शैक्षिक क्षेत्रमा समेत उत्तिकै महत्वपूर्ण हुने भन्दै तीन विद्यार्थी संगठनले संविधानको प्रस्तावनाले निर्देशित गरेको विकास र समृद्धि सहितको समाजवादउन्मुख राज्यप्रणालीको पक्षमा रहेको उल्लेख गरेका छन् विद्यार्थी संगठनले बनाएको यो अनुगमन टोलीले देशका विभिन्न मेडिकल कलेजको अनुगमन समेत गर्ने भएको छ । टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगञ्जको अनुगमन गर्ने छ यसैगरी राजधानीमा रहेका लिटिल एन्जल्स, डिएभी, जेम्स, रातो बंगला, आदर्श विद्या मन्दिर, ब्रिटिस स्कुल र युनाइटेड एकेडेमी लगायतका विद्यालयले राज्यलाइ अटेर गरी नतिरेको कर ६ दिनभित्र तिर्न पनि अल्टिमेटम समेत विद्यार्थी संगठनले दिएका छन् छाउपडी कुप्रथा अन्त्यका लागि प्रदेश ६ र ७ मा छुट्टै पाठ्याक्रम बनाएर अध्यापन गराउन, संविधानप्रदत्त अधिकार अनुरुप आधारभुत र माध्यामिक शिक्षालाई पूर्ण निशुल्क गर्न, शैक्षिक सत्र शुरु हुनु अगावै निजी विद्यालयहरुले मनपरी लिने शुल्क नियन्त्रण गर्न, विभिन्न विश्वविद्यालयमा व्याप्त राजनीतिक अराजकता र खिचातानी रोक्न विद्यमान दलीय भागवन्डा अन्त्य गरी दक्षता, कार्यकुशलता र प्रतिशस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी चयन गर्न समेत विद्यार्थी संगठनहरुले माग गरेका छन् आफूहरुका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्दै विद्यार्थी संगठनले अन्यथा कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया