मन्त्रालयकै तथ्यांकमा छैन विश्वसनियताः कहाँ हराए कर्णालीका ३७० बेड क्वारेन्टाइन ?

सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा विश्वसनियता नभएको पाइएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार शनिवारसम्म कर्णालीमा जम्मा चार हजार १२ बेड क्वारेन्टाइन रहेका थिए । तर मन्त्रालयकै आइतवार साँझ निकालिएको तथ्यांकमा तीन सयभन्दा बढि बेड क्वारेन्टाइन कम भएको पाइएको छ ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा आइतवार साँझ सेयर पनि गरिएको उक्त सुचनामा कर्णाली प्र्देशभर जम्मा तीन हजार छ सय ४२ बेड मात्रै क्वारेनटाइन रहेको उल्लेख गरिएको छ ।

कहाँ कहाँ हराए ?

मन्त्रालयले जारी गरेको शनिवार साँझको तथ्यांकअनुसार सुर्खेतमा ७ सय ८९ बेड क्वारेन्टाइन रहेको शनिवारको तथ्यांकमा थियो भने आइतवार साँझको तथ्यांकमा सात सय ५६ बेड क्वारेन्टाइन मात्रै रहेको उल्लेख गरिएको छ । यसरी सुर्खेतमा मात्रै ३३ बेड कम भएको उल्लेख गरिएको छ । शनिवारको तथ्यांकमा डोल्पामा रहेका २ सय २८ बेडमध्ये आइतवार साँझ जारी गरिएको सुचनामा दुई सय १५ बेड मात्र रहेको उल्लेख गरिएको छ ।

त्यस्तै कालिकोटमा शनिवार ६९७ बेड क्वारन्टाइन रहेको उल्लेख गरिएपनि आइतवार भने ४४४ बेड मात्रै रहेको उल्लेख गरिएको छ । जुम्लामा शनिार ३७८ बेड रहेको भनि उल्लेख गरिएपनि आइतवार भने ३४७ बेड मात्रै क्वारेन्टाइन रहेको उल्लेख गरिएको छ ।

जाजरकोटमा पनि शनिवार २६४ बेड क्वारेन्टाइन रहेको भनि उल्लेख गरिएपनि आइतवार १९२ बेडमात्रै क्वारेन्टाइन रहेको उल्लेख गरिएको छ । रुकुम पश्चििममा शनिवार २०५ बेड क्वारेन्टाइन उल्लेख गरिएपनि आइतवार १९६ बेडमात्रै रहेको उल्लेख गरिएको छ ।

दैलेखमा भने क्वारेन्टाइनको संख्या बढेको पाइएको छ । शनिवारको तथ्यांकमा दैलेखमा ७९७ बेडमात्रै क्वारेन्टाइन रहेका थिउ भने आइतवार साँझको तथ्यंकअनुसार ८३९ बेड क्वारेन्टाइन रहेका छन् ।
मुगु, हुम्ला र सल्यानको तथ्यांकमा भने कुनै परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?