काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहेको छ। यस्तै मध्य भूभागमा हल्का बर्षा भैरहेको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ भने देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।
यस्तै राति देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ भने मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।
राती देशको पुर्वी भूभाग र मध्य तथा पश्चिमका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी बिहीबार देशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी राति देशको पश्चिमी पहाडी भूभागमा आँशिक बदली र मध्य तथा पुर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भूभागमका एक दुइ स्थानमा दिउँसो र राति मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।महाशाखाका पहाडी भूभागमा गर्जन तथा चट्याङ्ग र हावाहुरि सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया