काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कृषिप्रधान देशमा कृषिलाई बढावा दिनुपर्ने ठाउँमा सरकारले कृषकले उत्पादन गरेका सामाग्रीहरुलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको बताएका छन् ।
ट्वीटरमा सोमवार नेता पौडेलले उपभोग्य वस्तुको अभावकाबीच पनि कृषकहरु आफ्नो उत्पादन नष्ट गर्न बाध्य भएको देख्नु सबैका लागि दुर्भाग्य भएको बताए ।
कृषि पेशालाई प्रोत्साहन दिएर आत्मनिर्भर हुनुपर्ने आजको आवश्यकता भए पनि सरकारले उत्पादनको बजार व्यवस्थापन समेत गर्न नसकेको उनले बताए । उनले भने, “यस्तो बिपत र अभाबमा सरकार उत्पादिन सामाग्रीको बजार ब्यबस्थापन गरेर नष्ट हुनबाट किन रोक्न सक्दैन?”
नेता पौडेलले सरकारले कृषकहरुलाई क्षतिपूर्ति दिन व्यवस्था किन गर्न सक्दैन भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया