काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड -१९’ को कारण विश्व दुनियाँ आक्रान्त छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यस भाइरस २ सय १० देशमा पुगिसकेको छ । यस भाइरस एक शताब्दी यताकै खतरनाक संक्रामक भएको कारण मानिसहरु यसको नाम सुन्दा पनि डराउँछन् ।
यसैबीच सिमकोट गाउँपालिका– ८, याङकी वीरमति शाहीले सोमबार हुम्लाको प्रसूतिगृहमा जन्माएकी छोरी र छोराको नाम कोरोना र भाइरस राखेकोमा डाक्टर अरुणा उप्रतीले आपत्ति जनाएकी छिन् । उनले फेबसुकमा लेखेकी छिन्, ” यस्तो किसिमको मुर्खता कुन स्वास्थकर्मिले गरेका हुन् ? त्यो नाम तुरुन्त परिवर्तन गर्नुपर्छ। त्यो नामले पछी ती बालबालिकालाई समस्या पर्नेछ । उनीहरुलाई साथीले र काम मा पनि जिस्काउनेछन् । उनीहरुलाई मानसीक तनाव हुनेछ। के कसैले विचार गरेको छ ?”
हुन त यसअघि कुनै सवारी साधनमा बच्चा जन्मिए त्यसैको नाममा, परिक्षा दिँदादिँदै जन्माए त्यसैसँग सम्बन्धित नाम राख्ने अभ्यास नेपालमा पनि भइरहेको थियो । यो कुनै नौलो कुरा होईन । तर ३ महिनामा एक लाख २० हजार (यो समाचार तयार पारेको समयसम्म ) जनाको ज्यान लिएको र १९ लाख ३० हजार मानिस संक्रमित बनाएको खतरनाक भाइरसबाट नाम राख्दा अहिले ख्यालठट्टाको विषय भएतापनि उनीहरुलाई भविष्यमा नामको कारणले नै मानसिक रुपमा विक्षिप्त नबनाउला भन्न सकिन्न ।
भएको के हो ?
हुम्लाको सिमीकोट गाउँपालिकामा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको हो। सिमीकोट गाँउपालिका ८ याङ्गकी विरमता शाहीले सोमवार जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस राखिएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी सरिता बोहराका अनुसार पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ ।
बच्चाका आमा बुबाले नै बच्चाहरूको नाम कोरोना र भाइरस राखिएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको प्रसूति गृहमा आमा र बच्चा रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया