नेपालमा कोरोना अपडेट : १६ जना पुगे कोरोना संक्रमित, सनसिटीमा रहेका सबैको चेकजाँच सुरु

काठमाडौं – नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ । गत २४ घण्टामा मात्रै नयाँ ५ सय ८४ जनाको टेष्ट भएकोमा केहिको नतिजा आउन बाँकी छ भने नयाँ २ वटा केस थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा दोस्रोपटकको जाँचमा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको हो ।

आजसम्मका १६ संक्रमितमध्ये  एकजना (पहिलो संक्रमित) उपचारपछि निको भएर घर फर्केका छन् ।

मन्त्रालयको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ८ सय १९ वटा र गत २४ घण्टामा ३ सय ८७ वटा परिक्षण भएका छन् । प्रयोगशालाभनदा बाहिर एक हजार ४ सय ८० वटा परिक्षण भएका छन् । २४ घण्टामा एक सय ९७ वटा भएका छन् ।
(RDT )आरडिटीबाट गरिने कोरोना परिक्षण ६ हजार ६ सय ७ वटा र्‍यापिड डाईग्नोस्टिक किटको प्रयोग विधिबाट गरिएको छ । गत २४ घण्टाममा मात्रै १३ सय १६ वटा परिक्षण भएका छन् ।

यस्तै विदेशबाट आएका धेरैभन्दा धेरै व्यक्तिलाई र्यापिड डाईग्नोस्टिक किट प्रविधीबाट जाँच गरिने नीति लिइएको पनि मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले बताए । उनका अनुसार यस्तो जाँच धेरैजसो जिल्लाहरुमा सुरु भइसकेको छ । २१ जिल्लामा बाँकी छ । पिसीआर प्रविधी र र्यापिड प्रविधीबाट हालसम्म १२ हजार ९ सय ६ वटा परिक्षणहरु भइसकेका छन् । यसैबीच हालसम्म क्वारेन्टाईनमा रहनेहरुको संख्या ५ हजार ७ सय ७१ जना पुगेको छ ।

९९ जना आईसोलेसनमा छन्। डाक्टर देवकोटाले थपे, उपत्यका भित्र १२ जना र उपत्यकाबाहिर ८७ जना हुनुहुन्छ ।
यसैबीच निशुल्क फोन गरेर सेवा लिन सकिने मन्त्रालयका नम्बर ११३३/ १११५ मा गत २४ घण्टामा २ हजार ६ सय ८८ जनाले कल गरेर जानकारी लिएका छन् ।

मोबाईल एप हाम्रो स्वास्थ्य ४४ हजार बढीको डाउनलोड गरेको जानकारी दिइएको छ । वेव पेजमा पनि स्वमूल्यांकलनको लक्षण विवरणसहित जानकारी लिन सकिने पेजमा पछिल्लो २४ घण्टामा मात्रै ९ जना रेड जोनमा परेका छन् । जम्मा २२८ जनाले विवरण पेश गरेका छन् ।

योसहि हालसम्म १६ हजार ४ सय ४८ जनाले आफ्नो विवरण भरेका छन् ।

मन्त्रालयका अनुसार हिजो पोजेटिभ देखिएकाहरुको टेसिङ कार्य सुरु भएको छ । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङको बारेमा मन्त्रालयले जानकारी लिईरहेको छ । यस्तै विरगंज नारायणी अस्पतालमा ४ जना उपचाररत छन् ।
टेकुमा २, पाटन अस्पताल २, धौलागिरी अस्पतालमा २, सेती अस्पतालमा ५ जना र ४ जना विरगंजमा चिकित्सकको विशेष निगरानीमा उपचाररत छन् ।

सबै संक्रमितको अवस्था सामान्य छ ।

गत डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण यो समाचार तयार पार्दासम्म एक लाख २० हजार जना मानिसले ज्यान गुमाएका छन् । १९ लाख ३४ हजार बढी मानिस संक्रमित छन् भने ४ लाख ५६ हजार मानिस उपचारपछि निको भएका छन् । यो संक्रमण हालसम्म विश्वका २ सय १० देशमा फैलिसकेको छ ।

टाउनप्लानिङको केस के हो ?

सोमवार एकै फ्ल्याटमा बस्ने तीन जनामा गरिएको र्‍यापिड टेस्टमा ‘कोभिड १९’ पोजिटिभ देखिएको भन्दै पाटन अस्पताल भर्ना गरिएको थियो। एक जनाको भने रिपोर्ट आउन बाँकी नै छ।

उनीहरु सो अपार्टमेन्टको ब्लक ए को १६ औं तल्लामा बस्दै आएका थिए ।

यस्तै सो अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्लानिङस्थित सनसिटी अपार्टमेन्ट दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कागेश्‍वरी मनोहरा नगरपालिकाले सनसिटी त्यस क्षेत्रमा पसल सञ्‍चाललनको समय तोकेको छ। कागेश्‍वरी नगरपालिका ९ मा रहेका अत्यावश्यक खाद्यन्‍न पसल, डेरी र तरकारी पसल मात्रै बिहान ४ बजदेखि ८ बजेसम्म खोल्ने निर्णय गरिएको हो। अहिले सनसिटी परिसरलाई सिल गरेर हाल प्रहरी परिचालन गरिएको छ। त्यहाँ उच्च सर्तकता बढाइएको छ ।

संक्रमित आमा र छोरा भएको बुझिएको छ । ५८ वर्षीय छोरामा संक्रमण पुष्टि भएपनि उनकी श्रीमतीको रिपोर्ट आउन बाँकी छ।
उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

लकडाउनको समय १२ दिन थप  

यसैबीच सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लकडाउनको समय वैशाख १५ गतेसम्मको लागि लम्ब्याउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
कोरोना भाइरस संक्रमितको संख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिएको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो ।

त्यस पछि फेरि संक्रमितको संख्या बढेपछि सरकारले चैत २५ गते सम्म थपेको थिए । त्यस्तै सरकारले चैत २४ गते संक्रमितको संख्यालाइ मध्यनजर गर्दै लकडाउनको अवधी वैशाख ३ सम्म पु-याएको थियो ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्

यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :  

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ !  के भन्छन् चिकित्सक ? 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?