मन्त्रीपरिषद्को निर्णय: दुई सह-सचिव सचिवमा बढुवा

काठमाडौं । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

पोखरेल प्रशासनतर्फबाट सचिवमा बढुवा भएका छन् । साथै उनलाई प्रदेश नम्बर २ को प्रमुख सचिवको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका छन् ।

भने इन्जिनियरिङतर्फका सहसचिव राईलाई सचिवमा बढुवा गरेर नेपाल ट्रस्टमा खटाइएको जनाइएको छ ।

साथै हाल नेपाल ट्रस्टमा कार्यरत सचिव र प्रदेश २ का हालका प्रमुख सचिवको सरुवा भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?