मंगलबारे, इलाम, २४ माघ – जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ भवनको निर्माण कार्य पूरा भएसँगै आजदेखि नयाँ भवनबाट कामकाज शुरु गरिएको हो विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो । अब भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंग सिंजापतिले जानकारी दिनुभयो रु तीन करोड ३० लाखको लागत बनाइएको यो भवनमा निर्माणका केही काम अझै बाँकी रहे पनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम शुरु गरिएको बताइएको छ दुईतले यो भवनमा ११ कोठा र सुरक्षा गार्ड बस्ने घरसमेत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया