काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हाले लगत्तै कोभिड(१९ को प्रभाव आँकलन तथा त्यसको प्रभाव नियन्त्रणका लागि सुझाव दिन गठन गरिएको राष्ट्र बैंकको समितिले काम सुरु गरेको छ।
भर्चुअल रुपमा समितिले काम थाले पनि बुधबारबाट प्रत्यक्ष रुपमै समितिले मुल्यांकन कार्य अघि बढाएको छ ।
समितिको संयोजकमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट छन्। यसमा राष्ट्र बैंकको नियमन, सुपरिवेक्षण, विदेशी विनिमय, भुक्तानी फर्छ्यौट विभागका बरिस्ट कर्मचारी लगयत बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया