काठमाडौं । स्पेनमा कोरोना भाइरसले महामारी मच्चाईरहेको छ । डेढलाख भन्दा धेरै संक्रमितहरु रहेका छन् भने २० हजारको हाराहारीमा मानिसहरुको मृत्यु भएको छ । तर स्पेनकै एउटा शहरमा अहिलेसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छैन ।
जहारा डि ला सिएरा स्पेनको एक पहाडी शहर हो । कोरोना भाइरसको महामारी फैलिएलगत्तै यो शहरले आफूलाई लकडाउन गरेको थियो ।
जसको कारण देशमा संक्रमणले महामारी फैलाए पनि उक्त शहरको अवस्था राम्रो रहेको छ । सीएनएनको रिपोर्टका अनुसार जहारा डि ला सिएरा दक्षिणी स्पेनमा स्थित रहेको छ ।
१४ मार्चबाट स्पेनले चेतावनी दिएसँगै शहरका मेयर स्यान्टियागो गाल्वनले शहर प्रवेश गर्ने ५ नाका बन्द गरेका थिए । सो कारणले नै त्यहाँ अहिलेसम्म कोहि पनि कोरोना भाइरसका संक्रमित पाइएका छैनन् ।
उक्त शहरमा १४०० मानिसहरु बसोबास गर्ने गर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया