विराटनगर, २४ माघ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले काँग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नपरेको उल्लेख गरे पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई उनले औँल्याए उनका अनुसार नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्नेछ र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिनेछ वर्तमान सरकारले स्थानीय तहका साथै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले पछिल्लो समयमा वृद्धभत्ताका लागि उमेर घटाउन जस्ता निर्णय जनहितमा रहेको दावी गरे । पत्रकारको जिज्ञासामा उनले आफू पार्टीको विधानअनुरुप नै पार्टी प्रवक्ता भएको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया