काठमाडौं । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा स्वाव परीक्षण गरिएका दुई जनामा कोरोना पोजेटिभ देखिएपछि खैलाबैला मच्चिएको छ ।
जाँचका क्रममा त्यहाँकै अधिकारीले केही प्राविधिक समस्या देखिएर यस्तो रिपोर्ट आएकाे हुनसक्ने आशंका गरेपछि बिरामीको फेरि थ्रोट स्वाबको नमूना लिएर परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
प्रयोगशालामा नमुना पोजेटिभ नै देखिएको हो तर केही प्राविधिक समस्या आयो कि भन्ने त्यहाँमा ल्याब टेक्नेसियनले आशंका व्यक्त गरेपछि फेरि नमुना संकलन गरेर जाँच गर्न थालिएको हो’, स्रोतले भन्यो, ‘दोस्रो परीक्षणबाट आधिकारिकता पुष्टि हुने नै छ।’
प्रयोगशालाका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।
संक्रमण देखिएका उनीहरु दुवैजना रुकुम पश्चिमका स्थायी बासिन्दा भएको र सुर्खेतमा उपचारका लागि पुगेपछि त्यहाँबाट पीसीआर प्रविधिबाट परीक्षणका लागि नमुना कैलाली पठाइएको थियो ।
हालसम्म नेपालमा आधिकारिक रुपमा १६ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । त्यसमा पनि पहिलो संक्रमित उपचारपछि स्वास्थ्य लाभ गरि घर फर्किसकेकाछन् । बाकिँ १५ जनाको चिकित्सकको निगरानीमा विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया