काठमाडौं । वि.सं. २०७७ वैशाख ०६ गते । शनिवार । इ.स.२०२० अप्रिल १८ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।
वैशाख कृष्णपक्ष । तिथी– एकादशी,२३ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– शतभिषा,अहोरात्र । योग– शुक्ल,२० बजेर ३० मिनेट उप्रान्त ब्रम्ह ।
करण– बव,११ बजेर ०९ मिनेट उप्रान्त बालव,२३ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ६ बजेर ३८ मिनेटमा, सूर्यास्त १८ बजेर २९ मिनेटमा । दिनमान ३२ घडी ०८ पला । विश्व सम्पदा दिवस । पञ्चक। वरुथिनी एकादशी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुदा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ ।
पैत्रिक धनको प्रयोग गरि कृषिमा लगानी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययनमा मन जानेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा हुनेछ ।
प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ,सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धर्म तथा अध्यात्ममा मन जानेछ । ध्यान विधीको माध्यामबाट स्वास्थ्य रहन सकिनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ ।
खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ ।
व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको उच्चतम् प्रयोग गरि लाभ लिन सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वअध्ययनले प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ ।
मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ ।
वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अरुकै काममा समय व्यतित हुँदा आफ्नो काम भने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।
अध्य व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । परिवारका साथ स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
लेखन शैलिको विकास हुनेछ भने आफ्ना लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
प्रेमील जोडीहरुले मनका भावना साटासाट गर्न सक्नेछन् । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।
माया प्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोग मार्फत कामहरु गर्नुहोला । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।
स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । विदेशी भूमिमा हुनुहुन्छ भने स्वास्थ्यको तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया