सरकारको अर्को अलोकप्रिय निर्णय: ‘मजदूरलाई हिँडेर घर जान नदिनू’

काठमाडौं । सरकारले मजदूर खानबस्नको समस्या भएपछि हिँडेरै जान थालेपछि थप कडाइ गर्ने भएको छ । मजदुरलाई सरकारले खानबस्नको उचित व्यवस्था नगरेर बिचल्लीमा पारेको भन्दै चर्को आलोचना भइरहेको बेला सरकारले थप अकलोकप्रिय निर्णय गरेको हो ।

बालुवाटारमा बसेको कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्रीले मजदूरलाई गाउँ जानबाट रोक्न निर्देशन दिएका हुन् ।

जो जहाँ छ उसलाई त्यहीं बस्न निर्देशन दिने र खानाको समस्या परेकालाई सरकारले व्यवस्था मिलाउने प्रधानमन्त्री केपी ओलीले बताएको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?