काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको १४ हजार ५ सय ७६ पुगेको छ ।
गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएको पनि समाचारमा जनाइएको छ ।
शुक्रबार बेलायतमा ३ लाख ४१ हजार ५ सय ५१ जनामा कोरोनाको परिक्षण गरिएकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८ हजार ६ सय ९२ जना पुगेको छ । बेलायतमा हालसम्म १७ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
बेलायतमा १७ नेपाली भए कोरोनाको शिकार
कोभिड १९ को संक्रमणबाट बेलायतमा १७ नेपालीको मृत्यु भएको छ । बुधबार राति एकजना भूपू गोर्खाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउने को संख्या १७ पुगेको हो ।
बेलायतको फार्नबरोमा बस्दै आएका८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको बुधबार राती स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको हो । उनलाई गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया