काठमाडौँ । कोरोना भाइरस ( कोभिड १९ ) को कारण पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ६ लाख ६ भन्दा बढी कोरोना संक्रमित भएका छन् । जसमा ३५ हजार ५ यस ७ जनाको कोरेनाको कारण मृत्यु भइसकेको छ । भने ५८ हजार १ सय ७८ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् । वल्डोमिटरका अनुसार यो सामाचार तयार पार्दासम्म अहिले अस्पतालमा उपचाररत ५ लाख ९२ हजार ६ सय ७४ जना रहेका छन् ।
जसमा १३ हजार ३ सय जनाको अवस्था गम्भिर छ । वितेको २४ घण्टामा न्यूयोर्क राज्यमा ६३० जना बढीको मृत्यु भएको छ । न्यूयोर्कमामात्र २ लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । जसमा १६ हजार ७ सय ३६ जनाको कोरोनाको कारण निधन भएको छ भने १ लाख ८५ हजारभन्दा बढी संक्रमणको कारण उपचाररत छन् ।
यसैगरी न्यूजर्सी राज्यमा ७५ हजार ३ सय १७ जना कोरोना संक्रमित भएका छन् । जसमा ३५ सय १ जनाको मृत्यु भएको छ । म्यासाच्यूयस्ट राज्यमा ३२ हजार १ सय ८१ जना कोरोना संक्रमित रहेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को कारण विश्वभर १ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वल्डोमिटरको अनुसार कोरोनाको कारण विश्वभर २२ लाख २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
भने यो समाचार तयार पार्दासम्म ५ लाख ६३ हजार ७ सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वभर कोरोनाको कारण मृत्यु भएका र उपचारपछि निको भएका बाहेक अहिले उपचाररत १४ लाख ५६ हजारभन्दा बढी व्यक्ति रहेका छन् । भने ५६ हजार ३ यस ६६ जनाको अवस्था गम्भिर छ ।
यस्तै कोरोनाको दोस्रो असर रहेको रहेको देश स्पेनमा यो समाचार तयार पार्दासम्म १ लाख ८ हजार ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १९ हजार ४ सय ७८ जनाको मृत्यु भएको छ भने ७४ हजार ७ सय ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यस्तै कोरोनाको तेस्रो बढी संक्रमण रहेको देश इटालीमा यो समाचार तछयार पार्दासम्म १ लाख ७२ हजार ४ सय ३४ जनाको कोरोना संक्रमण देखिएको छ । जसमा २२ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ भने ४२ हजार ७ सय २७ जना उपचारपछि घर फर्किका छन् भने बाकी उपचाररत छन् ।
यसैगरी कोरोना संक्रमणले गाँजेको चौथो देश फ्रान्समा १ लाख ६५ हजार २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसको १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ । भने ३२ हजार ८ सय १२ जना स्वास्थ्यलाभपछि घर फर्किएका छन् । बितेको २४ धण्टाको अवधिमा फ्रान्समा नया संक्रमण देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया