काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) संक्रमणका सम्बन्धमा युएइस्थित नेपाली राजदूतावास र युएइ सरकारका सम्बद्ध निकायहरूले जारी गरेका निम्नानुसारका महत्वपूर्ण सूचनाहरू सम्बन्धित सबैको जानकारीका उपलब्ध गराएको छ ।
युएइमा संक्रमणको पछिल्लो आधिकारिक तथ्याङ्क
युएइको Ministry of Health and Prevention का अनुसार सन् २०२० को अप्रिल १६ सम्म युएइमा कोरोनाभाइरसबाट संक्रमितको जम्मा संख्या ५८२५ पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ र उपचारपश्चात् स्वास्थ्यलाभ गर्नेहरूको संख्या १०९५ रहेको छ ।
विद्युतीय माध्यमबाट चिकित्सकीय परामर्श
कोरोनाभाइरस संक्रमणको आशंका भएमा युएइको Ministry of Health and Prevention को वेभपेज https://www.mohap.gov.ae/en/Aboutus/Pages/COVID-19.aspx मार्फत Virtual Doctors सँग Chat गरी परामर्श गर्न सकिनेछ । साथै अस्पताल नै जानुपर्ने अवस्था सिर्जना भएमा ८००१११११ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
मनोवैज्ञानिक परामर्श
Quarantine वा Isolation का समयमा मनोवैज्ञानिक परामर्श आवश्यक परेमा युएइको Ministry of Health and Prevention को टेलिफोन नम्बर ०४५१९२५१९ मा सम्पर्क गर्न सकिनेछ । उक्त सेवा आइतवार देखि विहीवारसम्म बिहान ९ वजे देखि राति ९ वजेसम्म उपलब्ध हुनेछ।
कोरोनाभाइरस संक्रमणको लक्षणहरू देखिएमा
युएइको Ministry of Health and Prevention का अनुसार कोरोनाभाइरस संक्रमणका साधारण लक्षणहरू देखिएता पनि विगत हालसालै वैदेशिक यात्रा नगरेको खण्डमा घरमा नै बसी साधारण रुघाखोकी लागेको अवस्थामा जस्तै प्राथमिक उपचार विधि अपनाउन सकिनेछ । तर हालसालैका दिनमा विदेश यात्रा गरी फर्केको र कोरोनाभाइरसको लक्षण देखिएको अवस्थामा Ministry of Health and Prevention को Hotline नम्बर ८००१११११, Medical Operations Command Centre को सम्पर्क नम्बर ८००१७१७ र Dubai Health Authority को सम्पर्क नम्बर ८००३४२ मा सम्पर्क गरी नजिकको प्राथमिक स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य जाँच गराउन सकिनेछ ।
नियमित सेवन गर्नुपर्ने औषधि प्राप्ति सम्बन्धमा
दीर्घ रोगसम्बन्धी नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरूले घरमा नै बसी आफूलाई जाँच गरिरहेको अस्पतालमा इमेलमार्फत सम्पर्क गरी ३ महिनासम्मको औषधि प्राप्त गर्न सकिनेछ । उक्त इमेलमा आफ्नो इमिरेट्स आइडी, उपचारमा संलग्न चिकित्सकको नाम, आफ्नो स्वास्थ्य अवस्था, औषधिको नाम र औषधिको फोटो संलग्न गर्नुपर्नेछ ।
युएइको भिसा नवीकरण सम्बन्धमा
युएइको Federal Authority for Identity and Citizenship का अनुसार युएइमा रहेका तथा विदामा घर गएकाहरू सबैका लागि लागू हुने गरी १ मार्च २०२० देखि म्याद सकिएका इमिरेट्स आइडी, भिजिट भिसा र आवासीय भिसाहरू सन् २०२० को अन्त्य सम्मका लागि नवीकरण हुने भएको छन् । यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि दुबईको हकमा टोल फ्रि नम्बर ८००५१११ एवं नेपालबाट सम्पर्क गर्दा +९७१४५०१११११/+९७१४३१३९९९९ मा र अबुधाबीलगायत अन्य इमिरेट्सका हकमा ६००५२२२२२ वा नेपालबाट सम्पर्क गर्दा +९७१६००५२२२२२ (Then Press 1) मा सम्पर्क गर्न सकिनेछ ।
राहतको व्यवस्था सम्बन्धमा
अबुधाबीस्थित Department of Community Development ले स्थापना गरेको Authority of Social Contribution- Ma’an अन्तर्गत सञ्चालित ‘Together We Are Good’ नामक कार्यक्रमले कोरोनाभाइरस महामारीका कारण देहायका अवस्थामा भएकाहरूका लागि सहयोग गर्ने जनाइएको छ-
• रोजगारी गुमेका,
• बेतलबी बिदामा रहेका,
• तलब कटौतीमा परेका (स्थायी वा अस्थायी)
• स्व-रोजगार गर्ने र हालको अवस्थामा नियमित आम्दानी नभएका ।
यसका लागि वेभपेज https://www.togetherwearegood.ae/en/relief मा उपलब्ध फाराम भरी आफ्नो विवरण पेस गर्न वा टेलिफोन नम्बर ८००३०८८ मा सम्पर्क गर्न सकिनेछ ।
नेपालमा हवाइ आवागमनको अवस्था
नेपाल सरकारले ८ अप्रिल २०२० मा जारी गरेको सूचनाअनुसार सम्पूर्ण अन्तर्राष्ट्रिय यात्रुवाहक विमानहरूको नेपाल आवागमन सन् २०२० अप्रिल ३० को मध्यरातसम्मका लागि बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया