सुर्खेत, २४ माघ-राष्ट्रियसभा सदस्यमा प्रदेश नं ६ बाट वाम गठबन्धनका आठै उम्मेदवार विजयी भएका छन् ।मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसकेका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद पौडेलले जानकारी दिए । विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी हुन् भने युटुल माओवादी केन्द्रकी हुन् । यस्तै खुल्लातर्फ एमालेका भैरव सुन्दर श्रेष्ठ, ठगेन्द्रप्रकास पुरी विजयी भए भने माओवादीवाट कालीबहादुर मल्ल विजयी भए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया