धनगढी, २५ माघ- अस्थायी मुकाम तोकिएसँगै धनगढीमा घरजग्गाको मूल्य र घरबहाल भाडादरमा उच्च वृद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा कारोबारीहरूले ३० देखि ५० प्रतिशतले घरजग्गाको मूल्य बढाएका छन्, कान्तिपुरमा खबर छ धनगढी उपमहानगरपालिकाको योजनामा तीन घेरामा रहेको रिङरोड, हुलाकी सडक र मुख्य सडक मार्ग क्षेत्रमा ५० प्रतिशतले जग्गाको मूल्यमा वृद्धि भएको हो रिङरोड बाहिरको २० फिटे सडक मार्गले जोड्ने स्थानका घरजग्गाहरूको ३० प्रतिशत मूल्य बढेका छन् घरजग्गा कारोबारी दलबहादुर शाहीका अनुसार राजधानी तोकिएपछि स्वाभाविक रूपमा घरजग्गाको मूल्यमा वृद्धि भएको छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया