काठमाडौं । नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीय प्रसिद्धि श्रेष्ठ उपचार पछि घर फकिएकी छिन् ।
उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।
भने उनलाई गत चैत १० गते कोरोना पोजेटिभ देखिएर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी थिइन् । साथै उनी उपचारपछि शनिवार डिस्चार्ज भएर घर फर्किएकी हुन् ।
साथै उनले पुर्णरुपमा निको भएर घर फर्किएको बताएकी छिन् । उनको घर काठमाडौं नै हो ।
उनी फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ आएको थियो ।
उनीसँगै नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएकी थिइन । यो सँगै नेपालमा हासम्म २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा ३० जना कोरोना संक्रमित रहेका छन् । शुक्रवार मात्रै उदयपुरमा १२ जना र चितवनमा २ जना गरि एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया