काठमाडौं । कोरोना संक्रमण भइ सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका सुदूरपश्चिमका पाँच जनामध्ये १ को दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवकसहित अन्य ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
ती २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनी भारतबाट फर्किएका ती युवक कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका थिए । उनमा संक्रमणको लक्षण देखिएसँगै उनको स्वाब परीक्षण गरिएको थियो ।
स्वाब परीक्षण पश्चात उनमा कोरोना संक्रमण पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका थिए ।
साथै त्यहा उपचाररत अन्य ४ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । कोरोना संक्रमण भई सेती अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका- १ कि ६५ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजुको रिपोर्ट पोजेटिभ आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया