वासिंगटन, २५ माघ । अमेरिकामा बजेटका विषयमा रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीबीच रहेको लामो गतिरोध अन्त्य भएको छ सरकारी खर्च समाप्त हुने अघिल्लो दिन रिपब्लिकन र डेमोक्रेट नेताहरूले बजेट विधेयकमा दुईदलीय सहमति जुटाएका हुन् । बजेटमा यस पटक अर्बौ डलरले बढाइएको छ विरलै हुने दुई पार्टीबीचको सहमतिमा रिपब्लिकन सिनेट नेता मिच म्याक्कनल र डेमोक्रेटिक पार्टीका नेता चक सुमरले दुई वर्षे आर्थिक योजना अनुमोदन गरेका हुन् यससँगै तल्लो सदनमा अवरोध भएपनि माथिल्लो सदन सिनेटबाट विधेयक सहज रुपमा पारित हुने बाटो खुला भएको छ गत जनवरीमा खर्च गर्ने पैसाको अभावमा संघीय सरकारका सबै काम ठप्प भएपछि फेब्रुअरी ८ सम्म खर्च गर्ने बाटो खुला गरिएको थियो । सरकारसँग खर्च गर्ने पैसा नहुने अवस्था आउनुभन्दा ठीक अघिल्लो दिन यो सहमति भएको हो बिहीवार मध्यरातसम्म कंग्रेसमा सहमति नभए सरकारले पाएको एक महिने खर्च गर्न पाउने अवधि समाप्त हुनेछ । कंग्रेसका कतिपय डेमोक्रेट र रिपब्लिकन नेताहरूले दुई दलीय विधेयकको विरोध गरेका छन् नयाँ विधेयकमा सरकारी खर्च ३ सय अर्ब डलरले वृद्धि गरिएको बताइएको छ । यद्यपि आधिकारिक रुपमा विधेयक सार्वजनिक गरिएको छैन त्यसमा रक्षा खर्च पहिलो वर्ष ८० अर्बले र दोश्रो वर्ष ८५ अर्ब डलरले बढाइएको बताइएको छ भने बालबालिकाका लागि स्वास्थ्य बिमा जस्ता गैरसैनिक खर्च यो वर्ष ६३ अर्ब र अर्को बर्षका लागि ६८ अर्ब रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया