सूर्या लाइफद्वारा कोरोना कोषमा साढे ७ लाख सहयोग

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना कोषमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ ।

कोरोना रोकथामका प्रयासस्वरुप सरकारले घोषणा गरेको लकडाउनको अवधिमा आफ्नो घरभित्रै बसि धैयता र संयमता अपनाउनको लागि पनि कम्पनीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?