काठमाडौं । कोरोना संक्रमण भई सेती अस्पतालमा उपचार गरिरहेका एक जनालाई आज डिस्चार्ज गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका छन् ।
आज डिस्चार्ज हुन लागेका कैलालीको लम्कीका २१ वर्षीय युवक हुन् । कोरोना संक्रमण देखिएपछि १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका युवकको निको भएर केहिबेरमा घर फर्किने भएका हुन् ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
हाल सेती अञ्चल अस्पतालमा ५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित रहेका छन् । भने ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै अन्य २७ जना देशका विभिन्न भागमा उपचाररत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया