लकडाउनबाट दिक्क बनेका एक व्यक्तिले मेयरलाई गोली देखाउँदै सडकमा नाङ्गै दौडाएपछि…

काठमाडौं । कोरोना भाइरसको महामारी झनै उग्र बन्दै गएपछि अधिकांश देशहरुले लकडाउनको समय थप्दै गएका छन् । फ्रान्समा पनि कोरोनाको महामारीलाई मध्यनजर गर्दै लकडाउन थप गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म फ्रान्समा १९ हजार ३२३ जनाको ज्यान गएको छ भने १ लाख ५१ हजार ७९३ जनालाई संक्रमण भएको छ ।

यसैबीच फ्रान्सको बिहोरेल शहरमा लकडाउन लम्बिँदै गएपछि हैरान भएका एक व्यक्तिले शहरका मेयरको घरमा गएर बन्दूक तेर्स्याएका छन् । त्यतिमात्रै होइन, उनले मेयरलाई लुगा खोल्न लगाएर नाङ्गै दौडिन लगाएका छन् ।

फ्रान्सको उत्तरी ईलाकामा पर्ने नर्मान्डी क्षेत्रको बिहोरेल शहरका ५३ वर्षीय मेयर पास्कल हूब्रोंलाई एक स्थानीय बासिन्दाले त्यसो गर्न लगाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मेयर घरैमा बसेर काम गरिरहेका बेला बन्दूकधारीले गोजीबाट बन्दूक निकालेर मेयरतिर तेर्स्याउँदै सबै कपडा खोलेर दौडाउन लगाएको उनले बताएका छन् ।

उनले भने, ‘म काम गरिरहेको थिएँ, त्यहि बेला त्यो मानिस आएर बन्दुक तेस्र्यायो र मलाई सबै कपडा खोल्न लगाएर दौडायो, त्यसपछि उसले मेरो फोटो खिच्यो ।’

आक्रमणकारीबाट बल्ल बल्ल भाग्न सफल भएका मेयर ज्यान बचाउन सडकमा नाङ्गै दौडिएका थिए ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?