यी हुन् हेलिकोप्टर उचाल्ने विश्वकै शक्तिशाली व्यक्ति (भिडियोसहित)

काठमाडौं । एकपटक सोचौँ त ! , के एक जना मानिसले हेलिकप्टर उचाल्न सक्ला ? पक्कै पनि हामीलाई लाग्छ यो असम्भव छ । तर एक जना बलवानले भने हेलिकोप्टर बोकेर काँधमा राखेका छन् ।

यसरी हेलिकोप्टर काँधमा बोक्ने मान्छे हुन, फ्रान्ज मुलेनर । उनी विश्वका सबैभन्दा बलवान मानिस हुन् ।

काँधले हेलिकप्टर बोकेका अष्ट्रियाका नागरिक फ्रान्जले गिनिज बुकमा नाम लेखाइसकेका छन् । उनको यो र्कीर्तिमान तोड्ने हिम्मत अहिले सम्म कसैले गरेका छैनन् ।

उनले आफ्नो तौल भन्दा डेढ गुणा धेरै भार काँधले उठाउन सक्छन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए ।

३० सेकेण्डसम्म आफ्नो काँधले हेलिकप्टर उठाएका समाचारमा जनाईएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?