बाजुराको १ व्यक्तिमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

काठमाडौं । बाजुरा जिल्लामा दुइ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाका २ जनाको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखिएको हो । उनीहरु गत चैत्र २ गते भारतबाट आएका थिए । कोरोना संक्रमण देखिएका उनीहरु १८ र ६० वर्षीय हुन् ।

दुबै जनाको पहिलो परीक्षणमा र्‍यापिड टेष्ट पोजेटिभ देखिएको थियो । तर दोस्रो पटकमा भने एकजनामा मात्र नतिजा पोजेटिभ देखिएको छ । साथै दोश्रो पटक जाँच गर्दा १८ वर्षका युवकमा नतिजा नेगेटिभ देखिएपनि ६० वर्षीय व्यक्तिमा पोजेटिभ देखिएको जनाइएको छ ।

कोरोना संक्रमण पोजेटिभ देखिएसँगै ६० वर्षीय उनलाई जिल्ला अस्पताल बाजुरामा ल्याइ उपाचार भईरहेको छ । भने अर्काे व्यक्तिलाई गाँउकै क्वारेन्टाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?