लकडाउनमा भयो पण्डित र जन्ती बिनै अनौठो विवाह !

काठमाडौं । कोरोना भाइरसका कारण विश्वका अधिकांश देशहरुले संक्रमण फैलिनबाट रोक्न लागि पूरा देश लकडाउन गरेका छन् ।

जसका कारण बिभिन्न क्षेत्रसँग सम्बन्धित कामहरु रोकिएका छन् । यसैबीच भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा अनौठो तरिकाले विवाह सम्पन्न भएको छ । त्यहाँ एक जोडीले आफ्नो विवाह अनौठो तरिकाले सम्पन्न गरेका छन् ।

उनीहरुले आफ्नो विवाह बिना जन्ती तथा बिना पण्डित नै सम्पन्न गरेका छन् । उनीहरुले सडकमा रहेको एक चौतारोको फेरी लगाएर आफ्नो विवाह सम्पन्न गरेका हुन् ।

अहिले उक्त जोडीको विवाह सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दिल्लीका कुलदिप सोलंकी र मुजफ्फनगरकी प्रितीको यो विवाह अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?