काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशले लकडाउन गरेका छन् । लकडाउनका कारण मानिसहरु घरमै भोकै रहन बाध्य छन् ।
यसैबीच अमेरिकामा एउटा अनौठो घटना सार्वजनिक भएको छ । अमेरिकाको कनेक्टिकट राज्यस्थित न्यु हेवन शहरमा एक व्यक्तिले एउटा रेस्टुरेण्टमा पसेर चार दिनसम्म त्यहीँ बसेर खाने पिउने र सुत्ने काम गरेका छन् ।
साथै खाईनसकेको खाना र रक्सी लिएर उनी त्यहाँबाट फरार भएका छन् । त्यसक्रममा उनले लाखौँ रुपैयाँ बराबरको खाना खाइदिएको र महंगा रक्सी पनि पिइदिएको बताइएको छ ।
उक्त कुरा थाहा पाएपछि प्रहरीले लुइस ओर्टिज नामक ४२ वर्षीय उक्त व्यक्तिमाथि फौजदारी मुद्दा लगाएर कारागार पठाएको छ ।
सोल दे क्युबा नामक रेस्टुरेण्टमा गएर ओर्टिजले त्यहाँ रहेका महंगा वियर तथा खानेकुराहरु खाएका थिए । रेस्टुरेन्टका म्यानेजरले कुनै व्यक्ति रेस्टुरेन्टमा पसेको जानकारी प्रहरीलाई दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
रेस्टुरेण्ट सञ्चालकहरूका अनुसार, ओर्टिजले ७० बोतल रक्सी पिएको र बाँकी लिएर भागेका हुन् ।
सीसीटीभी फूटेज हेर्दा ती व्यक्ति अप्रिल ११ मा झ्याल खोलेर रेस्टुराँभित्र गएको पाइएको थियो । चार दिनपछि त्यहाँबाट निस्कँदा उससँग खानेकुरा र रक्सीहरू बोकेर निस्किएको पाइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया