काठमाडौं । मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनिवास पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको थिए ।
ओलीले गौतमलाई फोन गरेर ‘केही सल्लाह छ’ भन्दै बालुवाटार बोलाएका स्रोतले बतायो ।
ओलीले आफूलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा ओलीसँग चिढिएका गौतम ओलीले फोन गरेर ‘तपाईंसँग सल्लाह गर्नुछ, बालुवाटार आउनुपर्यो’ भनेर बोलावट भएपछि गौतम अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बस्ने भएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सचिवालय बैठक बोलाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहज ढंगले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमाका मन्त्री लगायत नेताहरु प्रचण्ड निवासमा अर्को भेला भएका हुन् ।
नेकपाले डाकेको आकस्मिक बैठक अहिले साढे पाँच बजे बस्ने स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक
सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया