नेकपामा हलचलपछि बोले कांग्रेस प्रवक्ता- ‘बेमौसमी बाजा’ नबजाऔं !

काठमाडौं । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले सहज रुपमा राजनीतिक दल फुटाउन सक्ने अध्यादेश पास गराएसँगै नेकपामा उत्पन्न भएको तिक्ततापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताले प्रतिकृया जनाएका छन् ।

बैठक सकिए लगत्तै कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अवस्थामा बेमौसमी बाजा नबजाउनको लागि आग्रह गरेका छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण माथि विजय हासिल गर्नु नै  विश्व र नेपालको गर्नु प्रमुख रहेकोमा अन्य कुरा गौढ रहेकोमा जोड दिन आग्रह गरेका छन् ।

साथै हामी सबैको शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनुपर्नमा जोड दिएका छन् । उनले भनेका छन्, “नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन्/ गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?