यी देश जहाँ कोरोनाको कारण सय भन्दा कम मानिसको मात्र मृत्यु !

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोनाको कारण विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ६८ हजार ९ सय ३८ जना मानिसको मृत्यु भएको छ । भने २४ लाख ६० हजार ८ सय ५१ जना मानिस कोरोना संक्रमित रहेका छन् । भने ती मध्ये ५६ हजार ३ सय ९२ जनाको कोरोना संक्रमणको उच्च जोखिम अर्थात गम्भिर अवस्थामा रहेका छन् ।

कोरोनाको कारण सिंगापुरमा हालसम्म ११ जनाको मानिसको ज्यान गएको छ । जहाँ ८ हजार १४ जना मानिस कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै युनाईटेड अरब इमिरेट्समा पनि कोरोनाको कारण हालसम्म ४३ जना मानिसको मात्र ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने त्यहाँ हालसम्म ७ हजार २ सय ६५ जना मानिस कोरोना संक्रमित रहेका छन् ।

अर्काे मुलुक अष्ट्रेलियामा पनि कोरोनाको कारण हालसम्म ७१ जना मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ । भने ६ हजार ६ सय १९ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

खाडी मुलुक कतारमा हालसम्म कोरोनाको कारण ९ जना मानिसको ज्यान गएको छ । भने ६ हजार १५ जना मानिसमा कोरोना संक्रमण देखिएको र आज मात्र त्यहाँ कोरोनाको कारण १ जनाको ज्यान गएको छ ।

त्यस्तै थाइल्याण्डमा कोरोनाको कारण हालसम्म ४७ जना मानिसको ज्यान गएको छ । भने हालसम्म त्यहाँ २७ सय ९२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?