कोरोना रिपोर्ट पोजेटिभ आएका उदयपुरका ८ जनालाई उपचारका लागि विराटनगर पठाइयो

काठमाडौं । उदयपुरमा ८ जनामा कोरोना भाइरसको  स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगरको कोरोना विषेश अस्पताल पठाईएको छ ।

संक्रमित आठै जनालाई बिहानै दुइटा एम्बुलेन्समा विराटनगर पठाइएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ । साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाइएको छ ।

१२ जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुको सम्पर्कमा आएका थप ६९ जनाको स्वाब परीक्षण गर्न कोसी प्रयोगशाला पठाइएको थियो। उनीहरु मध्ये थप ८ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको कोसी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि धरान पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?