काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु संग ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेको छ ।
उक्त तीन वर्गका वित्तीय संस्थाहरूले जेठ १५ गतेसम्ममा विवरण उपलब्ध गराउनुपर्नेछ। विश्वव्यापी रूपमा फैलिएको (कोभिड(१९) को प्रभाव मूल्याङ्कन र अध्ययनसमेतको लागि विवरण मागिएको हुन सक्ने अनुमान गरिएको छ
यसअघि केन्द्रीय बैंकले लकडाउनपछि अवरुद्ध भएको ‘रिपोर्टिङ’ पहिलेजस्तै हरेक दिन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया