चेकअप गराउँदा ६० वर्षीय वृद्धको रिपोर्ट ‘प्रेग्नेन्ट’ देखिएपछि

काठमाडौं । के तपाईले पुरुष गर्भवती भएको खबर सुन्नुभएको छ ? सायदै छैन होला । तर पाकिस्तानको पञ्जाव प्रान्तमा एक ६० वर्षीय वृद्ध पुरुषको रिपोर्टमा ‘प्रेग्नेन्ट’ देखिएको छ ।

उनको रिपोर्ट हेर्ने बित्तिकै अस्पतालका डाक्टर नै हैरान भएका छन् । अल्ला बिट्टा नाम गरेका ति वृद्ध व्यक्ति पाकिस्तानको खानेवालस्थित डीएचक्यु हस्पिटलमा युरिन टेस्टका लागि गएका थिए ।

उनी त्यहाँ पुगेपछि अस्पतालले उनलाई प्राइभेट ल्याबमा गएर परिक्षण गराएर आउन सुझाव दिएको थियो । त्यसपछि उनी नजिकैको एक प्राइभेट मेडिकल ल्याबमा गएका थिए ।

ल्याबमा परिक्षण गरेर जब उनको रिपोर्ट अस्पतालका डाक्टरहरुको हातमा पर्यो तब डाक्टरहरुकै होश उड्यो । उनको रिपोर्टमा प्रेग्नेन्ट भएको पाइएको थियो ।

यसको सूचना जब अस्पतालका अधिकारीहरुसँग पुग्यो तब उनीहरुले वृद्धको फेरी चेकजाँच शुरु गरे । यो घटना फैलिँदै पाकिस्तानको हेल्थ केयर कमिशनसम्म पुगेको थियो ।

त्यो थाहा पाएपछि सरबारले ल्याब नै बन्द गर्यो र ल्याब मालिक अमीनलाई गिरफ्तार गरेको छ । ति व्यक्तिले सरकारले दिने लाइसेन्स नलिई कनै चलाईरहेको पाईएको छ ।

अवैध तरिकाले ल्याब चलाएको भन्दै उक्त व्यक्तिलाई सरकारले गिरफ्तार गरेर कारवाही शुरु गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?