हेर्नुहोस् २०७७ साल वैशाख ११ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख ११ गते । बिहीवार । इ.स.२०२० अप्रिल २३ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा । वैशाख कृष्णपक्ष । तिथी– औशी,०७ बजेर ४० मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– अश्विनी,१५ बजेर ५७ मिनेट उप्रान्त भरुणी ।

योग– प्रिती,२३ बजेर ०० मिनेट उप्रान्त आयूष्मान । करण– नाग,०७ बजेर ४० मिनेट उप्रान्त किंस्तुध्न,२० बजेर ३४ मिनेट उप्रान्त बव । आनन्दादिमा– मानस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ६ बजेर ३३ मिनेटमा, सूर्यास्त १८ बजेर ३२ मिनेटमा । दिनमान ३२ घडी २७ पला ।

पासाङ ल्हामु स्मिृती दिवस । विश्व पृथ्वी दिवस । पुस्तक दिवस । स्नान–दान गर्ने र हलो बार्ने औंसी। मातातीर्थ औंसी। मातातीर्थमा स्नान। आमाको मुख हेर्ने, मातृसम्मान दिवस। चाँगुनारायण, छिन्नमस्ता, कीलेश्वर मूल रथयात्रा। लोकतन्त्र दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । राजनिति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ ।

प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा मन्दी आउनाले घाटा लाग्नेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ ।

काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पैत्रिक धन तथा सञ्चित धनसम्पत्तीको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्दा आगामी दिनमा आम्दानी हुनेछ । ईच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ ।

पढाई लेखाईमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समयको सदुपयोग गर्दै अध्ययनलाई बढावा दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ ।

माया प्रेममा सामिप्यता बढेर जानेछ ।औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । प्रशासनिक तथा सरकारी सेवामा ढिला सुस्तिको चपेटामा परिनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्त तथा चेलि माईती बीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ ।

पढाईमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । साना समस्यामा गम्भीर नबन्दा ठुलो बन्न सक्छ । गोपनियतामा ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

छुट्टिएका प्रेम सम्बन्धहरु पुनः जोडिनेछन् । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा अग्रजबाट सहयोग नपाईने तथा व्यापारमा मन्दि आउनेछ । भौतिक सम्पत्ती तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ ।

जोखिम मोलेर काम नगर्नुनै राम्रो रहनेछ । सरकारि तथा प्रशासनिक कामबाट घाटा हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीतिकर्मि तथा समाजसेवीहरुका लागि समय मध्यम रहेकोले जनताको समर्थन पाईने छैन । आफन्त तथा आमासँग मनमटाब बढ्ने वा घरबाट टाडा जानु पर्ने हुन सक्छ ।

पढाई लेखाईमा भनेजस्तो सुधार हुने छैन । प्रेममा मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दां)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रयन्न गर्दा अध्ययनलाई समय दिन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

व्यापारमा घाटा लाग्ने छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?