हेर्नुहोस् २०७७ साल वैशाख १२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख १२ गते । शुक्रवार । इ.स.२०२० अप्रिल २४ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु ।

ने.सं. ११४० चौलागा । वैशाख शुक्लपक्ष । तिथी– प्रतिपदा,०९ बजेर २४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– भरुणी,१८ बजेर ०९ मिनेट उप्रान्त कृतिका ।

योग– आयूष्मान,२३ बजेर १२ मिनेट उप्रान्त सौभाग्य । करण– बव,०९ बजेर २४ मिनेट उप्रान्त बालव,२२ बजेर ०८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– मुद्गर योग ।

चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ६ बजेर ३२ मिनेटमा, सूर्यास्त १८ बजेर ३२ मिनेटमा । दिनमान ३२ घडी ३० पला । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथय तइगु)।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारीक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाउन सकिनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तापनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । इच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ ।

अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा राम्रो काम गर्न नसक्दा मान सम्मानमा कमिको महशुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

स्वास्थ्य कमजोर रहनोले चाहेको उपलब्धि हासिल गर्न सकिने छैन । यात्रा भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । सरकारि तथा प्रशासनि काममा ढिलासुस्तिको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलिहरुसँग मनमुटाव सिर्जना हुनेछ ।

माया प्रेममा मनमुटाव बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढेपनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्वपूर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ ।

व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तरपनी कृषि,पशुपालन तथा पुर्खौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । विवाद तथा प्रतिस्पद्र्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुश्किल पर्नेछ ।

परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ ।

व्यापारमा मन्दी आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?