६८ वर्षकी वृद्धाले जन्माइन् जुम्ल्याहा बच्चा

काठमाडौं । नाइजेरियामा एक ६८ वर्षीय वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन् । महिलाले उक्त बच्चा ४ आईवीएफ एम्टेंम्ट पछि जन्माएकी हुन् । उक्त वृद्धाको नाम मार्गरेट एडियुंगा रहेको छ ।

सीएनएनका अनुसार मार्गरेटले लागोसको एक अस्पतालमा १४ हप्रिलका दिन २ बच्चालाई जन्म दिएकी थिइन् । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी छन् ।

मार्गरेटका श्रीमान ७० वर्षको उमेरमा पिता बनेका छन् । यो भन्दा अगाडिको वर्ष पनि उनकी श्रीमती गर्भवती भए पनि आईवीएफको राउण्ड तीन पटक फेल भएको थियो । तर विश्वास र भरोसाले पिता बन्न सकेको उनी बताउँछन् ।

डाक्टर टिमको नेतृत्व गर्ने डाक्टर एडेमी ओकुनोओले महिलाको उमेर धेरै र पहिलो पटक आमा बन्न लागेकोले धेरै रिस्क भएपनि अन्ततः अप्रेशनमा आफ्नो टिम सफल भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?