काठमाडौं । कोरोना भाइरसको विषयलाई लिएर केहि रिसर्चहरु भईसकेका छन् भने अहिलेपनि केहि हुँदै छन् । तर अहिलेसम्म पनि कोरोना भाइरसविरुद्धको औषधि पत्ता लाग्न सकेको छैन ।
यसैबीच कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि गरिएको ट्रायलको रुपमा प्रयोग भएको एन्टी भाइरल ड्रगले ठूलो झट्का दिँदै कोरोना भाइरसविरुद्धको उपचारको आशालाई निराशामा बदलेको छ ।
कोरोना भाइरसको संक्रमणमा एक प्रभावी एन्टी भारल औषधि ट्रायलको पहिलो चरणमै फेल भएको बताइएको छ । यस एन्टी भाइरल ड्रग्सको नाम रेमडेसिभयर रहेको छ ।
जसको टेस्ट चीनले आफ्नो देशमा रहेको कोरोना भाइरस संक्रमितहरुमा गरिरहेको थियो । यस औषधिले कोरोना भाइरसविरुद्धको लडाईमा जित हासिल गर्ने आश गरिएको थियो । तर यस औषधिले कोरोना भाइरसविरुद्ध केहि असर नदेखाएपछि आम मानिसको आशा निराशामा बदलिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जम्मा २३७ जना मानिसलाई उक्त औषकि दिइएको थियो भने केहिलाई प्लेसिबो दिइएको थियो ।
त्यो औषधिको प्रयोग गरेका १३.९ प्रतिशत मानिसको एक महिनामा मृत्यु भयो । तर प्लेसिबोको प्रयोग गर्ने मानिसहरुमा १२.८ प्रतिशतको मात्र मृत्यु भएको थियो ।
साइड इफेक्टका कारण रोकियो ट्रायल
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को डक्युमेन्टबाट यस्तो जानकारी पाइएको हो । यो औषधि फेल भएको रिपोर्ट डब्ल्युएचओले आफ्नो वेबसाइटमा बिस्तारपूर्वक प्रकाशित गरिएको थियो । तर पछि भने रिपोर्ट हटाइएको छ ।
यस बारेमा स्पष्ट पार्दै डब्ल्युएचओले ड्राफ्ट रिपोर्ट गल्तीले प्रकाशित भएकोले हटाएको बताइएको छ ।
रिपोर्टमा भनिएको थियो, २३७ संक्रमितहरुमध्ये केहिलाई रेमडेसिभयर औषधि दिइएको र केहिलाई प्लेसिबो दिइएको थियो ।
जसमा प्लेसिबोको प्रयोग गरिएकाहरु १२.८ प्रतिशतको मात्र मृत्यु भयो भने रेमडेसिभयरको प्रयोग गरेका १३.९ प्रतिशतको मृत्यु भएको थियो ।
त्यसैले यस्तो अवस्थामा साइड इफेक्टका कारण ट्रायललाई शुरुवातमै रोकिएको थियो ।
‘डब्ल्युएचओ’ले आफ्नो साइटमा दियो रिपोर्ट
रेमडेसिभयर औषधिलाई लिएर कोरोनाविरुद्धको युद्ध जित्ने आश धेरैले गरेका थिए । तर औषधि पहिला ट्रायलमै असफल भयो ।
यो औषधिको बारेमा डब्ल्युएचओले बिहीवार आफ्नो साइटमा ट्रायलमै असफल भएको कारणले थप परिक्षण रोकिएको बताएको थियो ।
साइटमा अपलोड गरेपछि रेमडेसिभयर बनाउने कम्पनी गिलिएडले आपत्ती जनाएको थियो । गिलिएड साइन्सले एक ट्वीट गरेर यस सम्बन्धमा रिपोर्ट जारी गरेको थियो ।
रिपोर्टमा औषधिको परिक्षण कम भएको कारणले गर्दा यसको रिजल्टमा कुनै प्रश्न गर्न नमिल्ने बताइएको थियो ।
गिलिएड कम्पनीका चीफ मेडिकल अफिसरले शोधकर्ताहरुलाई यस औषधिको बारेमा केहि पनि कुरा लेख्न र छाप्न अनुमति नभएको बताएका छन् ।
साथै उनले डब्ल्युएचओले पाएको रिपोर्ट गलत रहेको र छिटो गर्नुको परिणाम भएको बताएका छन् ।
Gilead statement on data from study in patients with severe COVID-19 in China: https://t.co/pDsnSmVijG. pic.twitter.com/UpqR5EJqvQ
— Gilead Sciences (@GileadSciences) April 23, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया