अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पस, विभाग तथा सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको त्रासका कारण गत एक महिनादेखि त्रिविका सबै पठन पाठन बन्द भएको अवस्थामा त्रिविले यस्तो निर्णय गरेको हो ।

त्रिवि कार्यकारी परिषदले तत्कालको अवस्थामा कार्यान्वयनमा ल्याएको विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ बमोजिम कक्षा संचालन गर्न सबै डीन कार्यालयहरुमा पत्र पठाइसकिएको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?