गीतकार खनालको पछिल्लो गीत आमाको सम्झना सार्वजनिक

काठमाडौँ, २६ माघ । चर्चित एवं वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले सो गीत आज सार्वजनिक गर्नुभएको हो । “दिवंगत ममतामयी आमाको पुण्यतिथिमा शब्द रचनाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न गीत सार्वजनिक गरेँ”, उनले भने “ममतामयी आमालाई गुमाउनु पर्दाको क्षणलाई सम्झेर गीत रचना गरेँ, जीवनमा आमाको कति महत्वपूर्ण हुन्छ, यस पीडालाई गीतका शब्दमा उतार्ने प्रयास गरेको छु, अब सबै आमाहरूमा यो समर्पण गर्न चाहन्छु ।” कुन क्षणमा गीत रचना गर्नुभयो ? प्रश्नको जवाफमा भावुक हुँदै गीतकार खनालले जवाफ फर्काए भावुक र मार्मिक सो गीतमा वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले सङ्गीत भर्नुभएको छ भने वरिष्ठ गायक बिन्दु परियारले स्वर दिएका छन् । “सङ्गीत भर्र्ने क्रममा मलाई पनि मेरो आमाको निरन्तर सम्झना आइरह्यो, यो पीडालाई सङ्गीतमार्फत उतार्न निकै कठिन भयो, जीवन्त रुपमा गीतका शब्दलाई सङ्गीतमा उतार्ने प्रयास गरेको छु । “सङ्गीतकार शेषले सङ्गीत भर्दाका आफ्नो अनुभव सुनाए “आमाको वात्सल्यता प्राप्त भइराखेको छ तर आमा नहुँदा पीडा कस्तो हुन्छ भनेर स्वर दिँदा यसले मन र मुटु दुवैलाई चसक्क छोयो” गायक परियारले भने दुई दशकदेखि गीत–सङ्गीत, कविता, कथामार्फत साहित्य सिर्जनामा लागेकी गीतकार खनालका दुईवटा एल्बम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल) मार्फत दर्जनभन्दा बढी गीत बजारमा आएका छन् । त्यस्तै उहाँले गीत तथा कविताको सङ्ग्रहित पुस्तक ‘पोखिएँ यसरी’ पनि सार्वजनिक गरेका छन् उसो त पछिल्लो पुस्ताका चर्चित गायिका अञ्जु पन्तको स्वर र सङ्गीतकार गोविन्दमधुर आचार्यले भनेको उनको चर्चित गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ बोलको गीतले गत महिनामा पिआरविटीमार्फत सर्वा्धिक रोयल्टी प्राप्त गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?